सगरमाथा हिमाल कस्तुरी मृग सल्लेरी क्षेत्र रातो पाण्डा लालीगुराँस हिमालयन थार हिमालयन कालो भालु

सगरमाथा हिमाल

कस्तुरी मृग

सल्लेरी क्षेत्र

रातो पाण्डा

लालीगुराँस

हिमालयन थार

हिमालयन कालो भालु

यस कार्यालय पुर्बाञ्चल बिकास क्षेत्रको  सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको सल्लेरीमा अबस्थित छ । यो जिल्ला २७˚२०’ ३९’’ देखि २८˚ ६’ २४’’ उत्तरी अक्षांस र ८६˚ ०२’ १’’ देखि ८७˚ ०’ १’’ पूर्वी देशान्तरसम्म ३३८७७६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको उचाई समुन्द्र सतहबाट ६०० मीटर देखि ८८४८ मीटर अग्लो सगरमाथा सम्म फैलिएको छ । यसको पूर्वमा भोजपुर र संखुवासभा, पश्चिममा दोलखा र रामेछाप, उत्तरमा चिनको स्वसाशित क्षेत्र तिब्बत तथा दक्षिणमा ओखलढुङ्गा र खोटाङ जिल्ला पर्दछ । यस जिल्लाको करीब १३.३५ प्रतिशत भूभाग खेति योग्य, ३१ प्रतिशत भूभाग वन तथा झाडी, ४०.९८ प्रतिशत भूभाग हिंउ, चट्टान, वालुवा, पहिरो र १४.६७ प्रतिशत भाग चरण क्षेत्रले ओगटेको छन् । यस जिल्लामा रहेको वन क्षेत्रमा उष्ण प्रदेशमा पाइने साल देखी हिमाली क्षेत्रमा पाइने यार्सागुम्वा र कोणधारी जंगल समेत पाइन्छ । यस जिल्लाको हावापानीमा अत्याधिक विविधता भएको हुंदा यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरुमा पनि ठूलो विविधता रहेको पाइन्छ । ब्यबस्थापनको आधारमा यस जिल्लामा कुल बन क्षेत्रफल (१०५३३० हेक्टर) को २९.६६ प्रतिशत (३१,२३८.३३  हेक्टर, संख्या १८८ वटा) सामुदायिक बन, ०.०६ प्रतिशत (६७.५६ हेक्टर, संख्या २ वटा) र्धािमक बन र ७०.२८ प्रतिशत (७४०२४.११ हेक्टर) सरकारद्धारा ब्यबस्थित वन रहेको छ । यस जिल्लामा हालसम्म कूल १४०.५५ हेक्टर क्षेत्रफलमा १२१ वटा निजी वन दर्ता भएका छन् ।

२०४३/०४४ मा ७५ वटै जिल्लामा जिल्ला बन कार्यालय खोल्ने अबधारण अनुसार सोलुखुम्बु जिल्लामा पनि जिल्ला बन कार्यालय खोलिए पछि बन कार्यालयले बन संरक्षण, सम्बर्धन र ब्यबस्थापन कार्य गर्दे आएको छ। सो समयमा सोलुखुम्बु जिल्लामा सल्लेरी, सोताङ र चौरीखर्क तीनवटा इलाका बन कार्यालयहरु स्थापना गरी बन संरक्षण कार्य हुदै आएकोमा २०४८ सालमा निर्धारीत नयाँ सँगठनात्मक ढाँचा अनुसार जिल्लामा एउटा जिल्ला बन कार्यालय र एउटा मात्र इलाका बन कार्यालय र आठ वटा रेञ्जपोष्टहरु कायम गरी यी कार्यालयहरुबाट जिल्लाको बन संरक्षण, सम्बर्धन र ब्यबस्थापन कार्य हुँदै आएको थियो तर हाल बन बिभागको नयाँ सँरचना अनुसार हाल एक जिल्ला बन कार्यालय र ८ वटा इलाका बन कार्यालयहरु गरी बन बिभागको बर्गीकरण अनुसार ङ बर्गमा पर्दछ।

 

District Forest Officer_Meghraj_Rai

श्री मेघराज राई
जिल्ला वन अधिकृत